सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं – नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया