कोप-२६ सम्मेलनः वन फडानी रोक्न १०० देशका नेता सहमत


काठमाडौं – विश्वका १ सय देशका नेताहरु २०३० सम्म वन फडानी रोक्नका लागि सहमत भएका छन् । यस परियोजना अन्तर्गत जंगलको रक्षाका लागि १९ बिलियन अमेरिकी डलर सार्वजनिक र निजी लगानी गर्नेगरी मंगलबार सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यसलाई कोप २६ सम्मेलनको पहिलो मुख्य सहमति मानिएको छ । ब्राजिलमा अमेजनको जंगलमा वन फडानी रोकिएको छैन । तर, ब्राजिलले पनि यस सम्झौतामा हस्ताक्षर गर्दैछ । विज्ञहरुले यस घोषणाको स्वागत गरेका छन् । एजेन्सी

 

प्रतिक्रिया