राजेन्द्र राईले २ बजे मुख्यमन्त्रीको सपथ लिँदै


काठमाडौं – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सपथ लिने कार्यक्रम तय भएको छ। आज दिउँसो २ बजे उनले मुख्यमन्त्रीका रुपमा सपथ लिँदैछन्।

भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। आचार्यले प्रदेशमा लिनुपर्ने विश्वासको मत पुर्याउन नसक्ने देखेपछि राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै राईले गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

उनलाई एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। प्रदेशमा सरकार गठन गर्नका लागि ४७ प्रदेश सभा सदस्यको साथ चाहिन्छ।

आजै मुख्यमन्त्रीको सपथ लिएसँगै राईले सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गर्दैछन्।

प्रतिक्रिया