

एकाबिहानै नेपालगञ्ज एयरपोर्टमा बँदेलसँग ठोक्कियो जहाज, कुनै क्षति भएन

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ ।
आज बिहान ७ः०० बजे हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको जनाइएको छ ।
सिमिकोट उड्ने क्रममा धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको सीता एयरले जनाएको छ ।
दुर्घटनामा जहाजको अगाडिको टायरमा प्वाल परेको छ भने अन्य क्षति भने नभएको जनाइएको छ ।
धावनमार्गबाट जहाज हटाउने प्रयास गरिइरहेको पनि जनाइएको छ ।

