कर्णाली प्रदेशः नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान


काठमाडौं – महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान भएको छ।

शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका छन्। आज साँझ ७ः३० बजेभित्र दावी पेश गरिसक्न भनिएको छ।

प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले जारी गरको विज्ञप्तिमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ।

अब कर्णाली प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। कांग्रेससँग भएको सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाहीले राजीनामा दिएका हुन्।

प्रतिक्रिया