शेरबहादुरलाई प्रधानमन्त्री बनाइयो, कांग्रेस कार्यकर्ता रेणु र मलाई लखेट्ने भन्छन्ः प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि कांग्रेस कार्यकर्ताले रेणु दाहाल र आफूलाई लखेट्ने भन्नु विडम्बना रहेको बताएका छन्।

कांग्रेसभन्दा अधिक ठाउँमा जितेको स्मरण गर्दै तैपनि प्रधानमन्त्री देउवा बनाउँदा खुसी हुनुपर्नेमा उल्टै लखेट्ने कुरा गर्दा अचम्म लागेको प्रचण्डले बताए। भरतपुरमा माओवादीको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘यहाँ जिल्ला सभापति भन्नेहरुले बोलेको सुन्नुभयो नि, खुसी हुनुपर्ने होइन?’

प्रचण्डले चितवन जिल्लाबाट अब आफू कतै पनि नभाग्ने बताउँदै भने,‘केपी ओली र एमालेले आत्मरतीमा नरमाए हुन्छ, प्रचण्ड भाग्दैन।’

प्रतिक्रिया