

स्थायी समिति स्थगित, ओलीको पत्र–प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं– नेकपा स्थायी समितिको बैठकमा आफू उपस्थित हुन नसक्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले पढेर सुनाएका छन्।
स्थायी समितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकाले आफू अनुपस्थित भएको ओलीको पत्र पोखरेलले धुम्बाराहीको बैठकमा सुनाएका थिए।
योसँगै स्थायी समितिको बैठक २८ मंसिरसम्मका लागि स्थगित भएको छ। २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि सरेको छ।

