

शेयरबजारमा पहिरो, एकैदिन नेप्सेमा १२३ अंकको गिरावट

काठमाडाैं – नेपाल स्टक एक्सचेन्जमा आइतबार नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा धेरै घटेको छ ।
आइतबार शेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १२३ अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो ऋण पुनरावलोकन गर्ने जनाएपछि आइतबार सेयर बजारमा पहिरो गएको हो।
आइतबार ७ अर्बभन्दा बढिको कारोबार भएको छ। यति फराकिलो अंकले बजार झरेको पहिलो पटक हो।

