चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सव, सन्देश आदान-प्रदान


बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन-बेल्जियम सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा राजा फिलिपसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति सीले चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्मान र आपसी हितका आधारमा आपसी सम्बन्धको निरन्तर विकास भइरहेको औंल्याएका छन्।

राष्ट्रपति सीले सन् २०१४ मा आफू र राजा फिलिपले चीन-बेल्जियम सम्बन्धलाई चौतर्फीरूपमा मैत्री सहकारी साझेदारीमा स्तरोन्नति गरेको र द्विपक्षीय सहयोग आदान-प्रदान गर्दै सहयोगमा फलदायी नतिजा आएको कुरा स्मरण रेका छन्।

प्रतिक्रिया