एसपीहरू राखेर जुवा खेल्ने सीडीओलाई कारबाही, सर्लाहीमा खतिवडा


काठमाडौं– सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी बाबुराम खतिवडालाई दिइएको छ। गृह मन्त्रालयले त्यहाँ कार्यरत रामकुमार महतोलाई कारबाही गर्दै खतिवडालाई जिम्मेवारी दिएको हो।

यस्तै, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल, नेपालका एसपी गंगाराम श्रेष्ठमाथि कारबाही भएको छ।

प्रहरीका अधिकारी र सीडिओसहित बसेर जुवातास खेलेको भिडिओसहितको समाचार अनलाइनन्युजले प्रकाशित गरेको थियो। गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा तानेर महतोलाई आवश्यक कारबाही गरिनेछ।

यो पनि पढ्नुहोस्

सर्लाही जुवा काण्डः प्रहरी र सशस्त्रका एसपी तानिए, सीडीओ जोगाउन चलखेल

प्रतिक्रिया