बुढाऐरको पुण्यतिथिमा शोकसभा


कञ्चनपुर – नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा पूर्व जिल्ला सदस्य मदनसिंह बुढाऐरको प्रथम वार्षिक पुण्यतिथिमा शोक सभा सम्पन्न भएको छ ।

जिल्लाकै निष्ठावान् कार्यकर्ता बुढाऐरको निधनबाट पार्टीले ठूलो क्षति ब्यहोर्नु परेको उक्त अवसरमा जनाइएको थियो ।

एक वर्ष अघि निधन भएका बुढाऐरको निधनबाट पार्टीले जिल्लाका दरिलो खम्बा गुमाएको पनि उक्त शोकसभामा सहभागी भएका नेताहरुले बताए ।

निष्ठावान् र दरिलो खम्बाको रुपमा रहेका बुढाऐरको पद चिन्हलाई आगामी दिनमा सबैले पछ्याउनुपर्ने पनि उक्त अवसरमा जनाइएको थियो ।

प्रतिक्रिया