विजया दशमीको तेस्रो दिन आज: टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै


काठमाडौं – विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ।

विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।पर्व मनाउन आ-आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् ।

 

 

प्रतिक्रिया