आजको खेलमा नेपाल र भारतका प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने


काठमाडौं – आज हुने साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र भारतका प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने भएका छन्।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतीय प्रशिक्षक इगोर स्टिमेक त्यहाँ देखिने छैनन्। दुवै जना प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने आयोजक दक्षिण एशियाली फूटबल महासंघले निर्णय गरेको हो।

नेपालका प्रशिक्षक अल्मुताइरीले लिग चरणका दुई खेलमा पहेलो कार्ड पाएका थिए। जसका कारण उनी ‘टेक्निकल एरिया’ बस्न नपाउने भएका हुन्।

त्यस्तै भारतीय प्रशिक्षक स्टिमेक भने रातो कार्ड पाएका कारण ‘टेक्निकल एरिया’ बस्न नपाउने भएका हुन्। उनले मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका थिए।

खेल मैदानमा खेलाडीसँगै प्रशिक्षकलाई पनि बस्ने व्यवस्था गरिएको ठाउँ हुन्छ, जसलाई ‘टेक्निकल एरिया’ भनिन्छ। ‘टच लाइन’बाट एक मिटर टाढा तोकिएको यो क्षेत्रमा उभिएर प्रशिक्षकले मैदानभित्रका लेलाडीलाई निर्देशन दिन सक्छन्।

खेल आज राति ८ः४५ बजे मालदिभ्सको मालेस्थित राष्ट्रिय फूटबल रंगशालमा हुनेछ।

 

प्रतिक्रिया