
मेसी र नेइमार बिना पिएसजी विजयी
काठमाडौँ – फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एन्गर्समाथि जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले किलियन एम्बाप्पेको पेनाल्टीको सहयोगमा एन्गर्समाथि २–१ गोल अन्तरले विजयी भएको हो।
आफ्ना महत्वपूर्ण खेलाडीहरु लियोनेल मेसी, नेइमार बिना खेलेको पिएसजीका लागि डानिलो पेरेइरा र किलियन एम्बाप्पेले एक–एक गोल गरेका थिए।
त्यस्तै एन्गर्सका लागि एन्गेलो फुलगिनीले एक गोल गरेका थिए।
एन्गर्सले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता लिएकोमा पिएसजीले खेलको ६९औ मिनेटमा बराबरी गोल गरेको थियो। त्यसपछि पिएसजीले पाएको पेनाल्टीलाई एम्बाप्पेले खेलको ८७औ मिनेटमा गोल गर्दै पिएसजीलाई जिताएका थिए।
यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै एन्गर्सको भने १० खेलमा १६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।



कागजपत्र |
