ससुरालीबाट टिका थापेर घर फर्कने क्रममा लडेर मृत्यु


काठमाडौं – खोटाङमा ससुरालीबाट टीका लगाएर घर फर्कने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कने क्रममा लेखबहादुर राउतको मृत्यु भएको हो।

संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय राउतको भीरबाट लडेर शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्सालले बताए।

डिएसपी लम्सालका अनुसार राउतको बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेका कारण राउत लडेको प्रहरी अनुमान छ।

राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।

प्रतिक्रिया