दसैंमा मासुको सेवन यसरी गरौं


चाडपर्वको बेलामा हरेकको भान्सामा विभिन्न परिकारका खानेकुरा पाक्छन्। अन्य पर्वमा भन्दा बडादसैँमा खानेकुराका परिकार मध्ये प्रमुख परिकारको रुपमा मासु लिइन्छ।

पर्वको समयमा मासुको मात्रै धेरै परिकार बनाएर खाने गरिन्छ। चाडपर्वमा खानेकुरा मिलाएर खान नजान्दा चाडपर्व लगत्तै बिरामीको संख्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्। मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन्।

बडादसैँमा अन्य बेलाभन्दा खापपान बढी नै हुन्छ। वर्षभरीमा सन्तुलन मिलाएर खान पुग्ने मासु प्रायः धेरै नेपालीले दसैँको अवधिमा खाने चलन छ। यसपालीको वबडादसैँ अरु बेलाको दसैँ भन्दा फरक तरिकाले मनाउनुपर्ने भएकाले खानपानमा ध्यान दिन जरुरी हुन्छ।

कोरोना महामारीको बेलामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने खानपिन ध्यान दिन जरुरी हुन्छ। त्यसैले अस्वस्थकर मासुको विभिन्न परिकार बनाएर खादा पेट दुख्ने, फुल्ने, झाडापखाला, आउँ, ‘फुड पोइजनिङ’ लगायतका विभिन्न किसिमका स्वास्थ्यमा समस्या आउन सक्छ।

मासु खाँदा सावधानी नअपनाएमा १ सयभन्दा बढी रोगको संक्रमण हुने खतरा हुुन्छ। मासुजन्य पर्दाथ सेवन गर्दा कसरी गर्ने, कति गर्ने, मासुलाई कसरी ताजा राख्ने भन्ने बारेमा केही टिप्स जान्नुहोस्।

स्वस्थ मानिसले कति मात्रा मासु सेवन गर्ने
चाडपर्वमा धेरै मात्रा मासु खाने चलन छ। तर स्वस्थ मानिसले एक हप्तामा एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्दा राम्रो हुन्छ। दिनभरमा १०० देखि १५० ग्रामसम्म स्वस्थ मानिसले मासु खान उपयुक्त मानिन्छ। मोटोपना भएकाहरुले एकपटकमा बढीमा तीन देखि चार पिस मासु खाँदा राम्रो हुन्छ। मासु प्रोटिनयुक्त पौष्टिक आहार हो। सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा हुन्छ।

कसले मासु खानुहुँदैन
चाडपर्वका नाममा दीर्घरोगीले मासु खाँदा विष सेवन जस्तै बन्न सक्ने हुँदा समेसम्म दीर्घरोगी शाकाहारी नै बन्नु राम्रो हुन्छ। मासुका परिकार बनाउँदा प्राय तेलमा तारेको, भुटेको, सेकाएको र मसालेदार मासु खाँदा स्वास्थ्यलाई झन खतरा हुन्छ।

चाडपर्वका नाममा नै कहिलेकाहीँ जिब्रोको स्वाद फेर्ने भन्दै दीर्घरोगीले पेट भरिसकेपछि पनि स्वादिलो चिज भने थपीथपी खाने खाने गर्छन्। यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ। दीर्घरोगीले मासु खानै परेमा चिकित्कको सल्लाहमा चिल्लो, मसला कम राखेर साधारण तरिकाले पकाएर खानुपर्छ।

मासुलाई ताजा यसरी राख्न सकिन्छ
फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म राख्न गर्न सकिन्छ। फ्रिजमा मासु राख्दा छोपेर राख्ने गर्नुपर्छ। साथै काँचो र पाकेको मासु एकै ठाउँमा राख्नु हुँदैन। मासु पकाएर धेरै दिन राख्नु हुँदैन। केही गरी फ्रिज बन्द भएको अवस्थामा फ्रिजमा राख्दा मासु विषसमान हुन सक्छ। त्यो समयमा ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ।

मासुसँग यी कुरासँगै सेवन गर्न हुँदैन
अन्यबेलामा भन्दा पर्वका बेलामा मासुका विभिन्न परिकार बनाएर खाँदा वा मासुसँग मदिरा सेवन गर्ने चलन छ। यस्तै मासु खाँदा मदिरा नपिउनेहरुले फेन्टा, कोकजस्ता चिसोपेय पिउने गर्छन्। त्यस्तै, मासुसँग धेरै चिसोपेय र मदिरा मिश्रण गरेर पिउने चलन पनि छ।

मासुसँग त्यस्ता पेय पदार्थ धेरै पिउदा स्वास्थ्यमा नकारात्मक असर गर्दछ। चियो पेयहरुमा पाइने चिनीको मात्राले स्वास्थ्यमा असर गर्ने हुँदा मासजन्य परिकारसँग पेय पदार्थ लिँदा त्यो स्वस्थ हुन जरुरी छ। बजारमा पाइने रेडिमेड चियो पेयको सट्टामा दही, जुस पिउन सकिन्छ। मदिराजन्य पिय पर्दाथ प्रशस्त मात्रामा पिउनुभन्दा पानी तथा जुस जन्य पर्दाथ पिउँदा स्वास्थ बन्न सकिन्छ।

कस्तो मासु खान हुँदैन
मासु सेवन गर्नुभन्दा पहिला गुणस्तर थाहा पाउनुपर्छ। बजार विभिन्न तरिकाले झुन्डएर राखिएको मासु ताजा छ कि छैन, त्यसको रंग परिवर्तन भएको छ कि छैन भन्ने बारेमा जानकारी राख्दा राम्रो हुन्छ। बजारमा राखिएका मासु हरियो वा प्याजी रंगको भएको छ भने त्यो खान योग्य हुँदैन।

बजारमा राखिएका केही मासु अमिलो र नमीठो गन्ध आएको खण्डमा त्यस्तो मासुको सेवन गर्न हुँदैन। पसलमा लामो समयसम्म खुला झुन्ड्याएर राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण हुने भएकाले ख्याल गरेर किन्नु पर्छ।

प्रतिक्रिया