

रूपन्देहीबाट १२१ गोरूसहित ५ जना पक्राउ

रुपन्देही– रुपन्देहीमा एकैचोटी १२१ गोरुसहित ५ जना पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा गोरु लोड गरि ल्याएको विशेष सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका ५ वटा ट्रकमा रहेका १२१ गोरु, ट्रक चालक र ट्रक नियन्त्रणमा लिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३६ का गणेश पौड्ल, जिल्ला बारा जितपुर सिमरा नगरपालिका वडा नं.१६ बस्ने बर्ष ३८ को तिलक बहादुर जिम्बा, जिल्ला बारा निजगढ न.पा.९ बस्ने बर्ष ५२ को शम्भु भट्टराई, जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ने बर्ष ३० को लक्ष्मण दनै र जिल्ला बारा निजगढ न.पा. वडा नं. ९ बस्ने बर्ष ३२ नवराज कार्की रहेका छन् ।
उनीहरूले चलाएको ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा गोरु, ना ८ ख ७३०२ नं.को ट्रकमा २५, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ , ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु रहेको प्रहरीले जनाएको छ ।


