बंगलादेशलाई रोके नेपालको फाइनल भिडन्त भारत वा माल्दिभ्ससँग, कस्तो छ तयारी?


काठमाडौं– माल्दिभ्समा जारी साफ फूटबलमा नेपाल फाइनल प्रवेश गर्ने भाग्यको निर्धारण आज बंगलादेशसँगको खेलले निर्धारण गर्ने भएको छ। बंगलादेशसँगको जीतले नेपाललाई सहज रुपमा फाइनल प्रवेश गर्न मद्दत गर्नेछ भने बराबरी खेलले पनि फाइनल पुग्नेछ।

नेपालले बंगलादेशलाई जीतेक ९ अंकसहित फाइनल सुनिश्चित हुनेछ। अहिले नेपाल ६ अंकमा सहित तालिकाको दोस्रो स्थानमा छ। बंगलादेशसँग बराबरी खेले नेपालको ७ अंक हुनेछ। तर पराजित भए नेपालको फाइनल खेल्ने सम्भावना कम हुन्छ। भारतले माल्दिभ्सलाई हराएको खण्डमा बराबरी खेल्दा नेपाल फाइनलमा भारतसँग भिड्नेछ। भारत र माल्दिभ्सको खेल बराबरीमा रोकिएको खण्डमा भने माल्दिभस ७ अंकसहित फाइनल प्रवेश गर्नेछ र भारत बाहिरिनेछ।

कस्तो छ तयारी?

गएको खेलमा भारतसँग बराबरी खेलेको भए मात्र पनि नेपालको फाइनल यात्रा तय हुने थियो। तर, भारतसँग पराजित भएका कारण बंगलादेशसँगको खेल नेपालका लागि महत्वपूर्ण छ।

नेपाली फूटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले डिफेन्सिफ काउन्टर अट्याकको रणनीतिलाई प्रायः अपनाउने भएका कारण आजको खेल पनि सोही शैलीमा हुनेछ। सकभर काउन्टर अट्याकमा नै नेपाललाई जीत दिलाउने रणनीति अपनाउन सक्ने बताइएको छ।

भारतसँगको गएको खेलमा भने डिफेन्स र अट्याक दुवै रणनीति अख्तियारी गरेको अलमुताइरीले प्रतिक्रिया दिएका थिए।

खेलकुद पत्रकार राधेश्याम दाहाल भन्छन्,‘फूटबल भनेको भाग्य पनि हो। एउटा त मनोबल बलियो हुनुपर्छ। अर्कोचाहिँ नेपालको खेल पहिलेको भन्दा केही सुधारिएको देखिए पनि फिनिसिङ राम्रो हुन आवश्यक छ।’

प्रतिक्रिया