पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ८ सय ५ जना थपिएका छन् ।

देशभर गरिएको १० हजार ६ सय ७२ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ९११ पुगेको छ ।

यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७३ हजार १ सय ४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय जना पुगेका छन्

प्रतिक्रिया