मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिन बालुवाटारमा शीर्ष नेताहरुको बैठक शुरू


काठमाडौं – सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन् ।

सरकार गठन भएको ८७ दिनपछि मन्त्रीपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।

 

प्रतिक्रिया