पछिल्लो २४ घण्टामा ९६८ मा कोरोना पुष्टि, ६ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा १६ हजार ०४२ जनाको पीसीआर परिक्षण गर्दा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ११ हजार ५८२ जनाको पीसीआर विधिबाट र ४ हजार ४६० जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ११४ संक्रमित निको भएका छन्यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १८० जनाको मृत्यु भएको छ।

यसअघि हिजो सोमबार १ हजार ३० जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया