इरान र ओमानमा एकसाथ चक्रवात, ९ जनाको मृत्यु


एजेन्सी – इरान र ओमानमा एकसाथ प्रवेश गरेको शाहिन चक्रवातमा ९ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १ सय २० देखि १ सय ५० किलोमिटरको दरले आएको चक्रवातका कारण सयौं घरहरु ध्वस्त भएका छन ।

इरानको बलचुस्तानको बन्दरगाहमा ६ जनाको मृत्यु भएको हो भने ओमानका तीन सर्वसाधारणका मृत्यु भएको हो ।

ओमानको राजधानी मस्कटका हजारौं सर्वसाधरण प्रभावित हुँदा सुरक्षित स्थानतर्फ सारिएको छ । मस्कटका सडक र बिमानस्थल जलमग्न भएपछी हवाई सेवा समेत अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

चक्रवात संगै ओमानमा बाढी आउँदा सयौं घरहरु डुबानमा परेका छन् । चक्रवातले बिजुलीका पोलहरुमा क्षति पुर्याएका कारण इरान र ओमानमा बिजुली आपुर्ती ठप्प भएको छ ।

चक्रवातका कारण ओमान र स्कटल्याण्ड बीचको क्रिकेट खेल पनि रद्द गरिएका छन् ।

प्रतिक्रिया