पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना पुष्टी, १३ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३ सय ६८ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ६६ हजार ६ सय ९६ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १४८ पुगेको छ।

प्रतिक्रिया