

विदेश हुनुहुन्छ ? तपाईं बस्ने ठाउँमा यतिबेला छ दशैंको टीकाको साइत !

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले आउँदै गरेको महान् चाड दशैंको टीकाका लागि विश्वका विभिन्न देशहरुको स्थानीय समयअनुसार साईत सार्वजनिक गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले विश्वका विभिन्न देशमा बसोबास गर्ने सनाताधर्मावलम्बीहरुबाट विजया दशमीको साइतको बारेमा जिज्ञासा राखेकोले साइत सार्वजनिक गरेको समितिका सभापति प्रा.डा. माधव भट्टराईले जनाए ।
भट्टराईका अनुसार विभिन्न देशहरुमा सबैभन्दा उत्तम साइतको रुपमा समय निर्धारण गरिएको जानकारी गराउँदै समयानुकुल टीका लगाउन सकिने पनि बताएका छन् ।
समितिले नेपाल लगागत २० देशका २७ सहरहरुका स्थानीय समयको टीकासाइत सार्वजनिक गरेको छ ।

