सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं – गोपाल प्रसाद सिग्देल सचिवमा बढुवा भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका इन्जिनियरिङ तर्फका सहसचिव गोपाल प्रसाद सिग्देललाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको थियो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार ज्येष्ठ सहसचिव सिग्देलको नाम मात्रै सिफारिस भएको थियो ।