नेप्सेमा आज ५० अंकले बृद्दि, कारोबार रकम ५ अर्बमा सीमित


काठमाडौं – लामो समयको अन्तरालपछिनिरन्तर ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । नेप्से आज ५० दशमलव ५८ अंकले बढेर २६ सय ६५ दशमलव ९३ विन्दु कायम भएको हाे ।

गत मंगलबार परिसूचक ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको थियो । आज सबैजसो उपसमूह धनात्मक (पोजेटिभ) भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ ।

यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ । जबकी मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो । यस्तै आज हाइड्रोपावर समूहले ४.२२ प्रतिशतले बढेको छ भने, विकास बैंकको ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन सबै भन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । मेगा बैंकका सेयरधनीहरूले आज ३.९२ प्रतिशतले गुमाएका छन् । यद्यपि, ५० अंक माथिले बढेको बजारमा कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ ।

प्रतिक्रिया