क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी


उत्तर कोरिया – उत्तर कोरियाले मंगलबार बिहान गरेको क्षेप्यास्त्र परिक्षण सफल भएको दावी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटिय सामुन्द्रीक क्षेत्रमा क्षेप्यास्त्र परिक्षण गरेको थियो ।

उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तिब्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दावी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हासोङ–८ नामको उच्च प्रविधियुक्त क्षेप्यास्त्र परिक्षण गरयौं। जुन सफल भयो ।’ उत्तर कोरियाले उक्त हतियार पाँच बर्षे सैन्य योजना अन्र्तगत विकाश गरिएको दावी गरेको छ ।

हासोङ–८ नयाँ प्रविधियुक्त हतियार प्रणाली भएको उत्तर कोरियाली संचारमाध्यमलाई उदृत गर्दै अन्र्तराष्ट्रिय संचार माध्यमहरुले खबर छापेका छन । उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारप्रति अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेका छन । केही दिन अघि संयुक्त राष्ट्रसंघको ७६औ महासभालाई सम्वोधन गर्दै उत्तर कोरियाली राजदुतले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि क्षेप्यास्त्र परिक्षण गर्न कसैले रोक्न नसक्ने बताएका थिए ।

उनले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि नयाँ हतियारको परिक्षण गरिएको बताए । लगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले एकतर्फी रुपमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना सर्तहरु माने वार्तामा बस्न सकिने जवाफ दक्षिण कोरियालाई पठाएको थियो । तर पछिल्लो क्षेप्यास्त्र प्रहार पछि कोरियाली प्रायद्धिप पुनःअशान्त बन्ने खतरा बढेको छ ।

प्रतिक्रिया