मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री देउवा निवास पुगे प्रचण्ड


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् ।

सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया