परराष्ट्रमन्त्री खड्काको शपथविरुद्धको रिट न्यायाधीश कार्कीको इजलासमा


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा हुने भएको छ ।

अधिवक्ता विशाल न्यौपानेले मंगलबार कानुनी व्यवस्था बिनानै मन्त्री खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेपछि उक्त रिटमा आज (बुधबार) सुनुवाई हुन लागेको हो ।

न्यायाधीश कार्कीको इजलासमा परेका जम्मा १७ वटा मुद्दामा १६ औं नम्बरमा परेको उक्त रिटको आज पालो आउने सम्भावना कम रहेको देखिएको छ ।

शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न–नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् ।

 

प्रतिक्रिया