चीनमा क्रिप्टोकरेन्सी प्रयोगकर्तामाथि प्रतिबन्ध


काठमाडौं – चीनको केन्द्रीय बैंकले शुक्रबारदेखि सबै किसिमका क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानूनी घोषित गरेसँगै चिनियाँ प्रयोगकर्तामाथि प्रतिबन्ध सुरु भएको छ । क्रिप्टोकरेन्सी एक्सचेन्जहरुले चिनियाँ प्रयोगकर्तालाई आफ्नो सिस्टमबाट हटाउने निर्णय गरेका हुन् ।

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘हौबी’ ले चिनियाँ क्रिप्टोकरेन्सी प्रयोगकर्तालाई सन् २०२१ को अन्त्यबाट पूर्णरुपमा हटाउने जनाएको छ । अर्को ठूलो प्लेटफर्म बाइनान्सले साइनअपका लागि चिनियाँ मोबाइल नम्बर एसेप्ट नगर्ने निर्णय गरिसकेको छ ।

कुनै समय चीन क्रिप्टोकरेन्सीमा लगानी गर्ने र क्रिप्टोमाइनिङका लागि लामो समयदेखि मुख्य केन्द्रको रुपमा रहेको थियो । तर, चिनियाँ सरकारले गैरकानूनी तथा आपराधिक गतिविधिलाई जन्म दिने काम गरेको भन्दै क्रिप्टोकरेन्सी बन्द गर्ने निर्णय गरेको थियो ।

चिनियाँ सरकारले क्रिप्टोकरेन्सी व्यवसायलाई सहयोग पुर्‍याउने सबै किसिमका वित्तीय संस्था, भुक्तानी कम्पनी र इन्टरनेटका माध्यममाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । जसको असर बिटक्वाइनको मूल्यमा देखिएको छ ।पछिल्लो केही दिनयता विटक्वाइनको मूल्यमा ठूलो गिरावट आएको छ ।

प्रतिक्रिया