खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा वैद्य नियुक्त


काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा मतिना वैद्य नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशमा पठाएका हुन् । यससँगै तत्कालीन महानिर्देशक उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

दुग्ध विकास संस्थान (डीडीसी) को म्याद सकिएको बटर काण्डदेखि विभागमा असोज १ गतेदेखि गर्ने भनिएको विषादी जाँच गर्न नसकेको, युनिलिभरको म्याद सकिएको चिया पत्तिको विषयमा उठीरहेको विबादलगायत बारे मन्त्रालयमा कुरा पुगेपछि उनलाई मन्त्रालयमा तानेर नयाँ महानिर्देशक पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया