

जहाँ महिला अपहरणपछि विवाह हुन्छ

बाली(एजेन्सी)–इण्डोनेसियाको सुम्बा नामको टापू एक अति विवादास्पद परम्पराका कारण चर्चामा छ । यो टापूमा यदि कोही पुरुषलाई कुनै महिला मनपर्यो भने उसले त्यो महिलालाई अपहरण गर्छ । तर उसको अपहरण कार्यलाई यहाँ अपराधको श्रेणीमा राखिँदैन ।
युवतीको अपहरण गर्नलाई युवतीको परिवारले पनि सहयोग गर्छन् । अपहरणको अधिकतम मामलामा महिलाको विवाह त्यही व्यक्तिसँग हुन्छ, जसले उसलाई अपहरण गरेको हुन्छ । यद्यपि यसमा महिलाले अस्वीकार गरे पनि उसको लागि अर्को विकल्प हुँदैन । यदि यसले विवाहलाई अस्वीकार गर्यो भने सुंबा समाजमा उसलाई नराम्रो नजरले हेरिन्छ र उसको कहिल्यै पनि विवाह हुँदैन । यही प्रथाका कारण यो क्षेत्रमा बालविवाहको घटना तिब्र रुपमा बढेको छ ।
कैयौं मानवअधिकार समूह तथा महिला अधिकार समूहले पनि यो प्रथालाई प्रतिबन्धको माग गरेका छन् । तर यो प्रथा सुंबाको केही इलाकामा विद्यमान जारी छ । इण्डोनेसियाको सरकारको ध्यान पनि यो प्रथालाई अन्त्य गर्नेमै छ । किनकी दुई महिलाको अपहरणको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।

