

काठमाडौंमा आमाछोरी मृत, पति अचेत, कारण यस्तो छ

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ। घटनाको प्रारम्भिक अनुसन्धानले निस्सासिएर उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको हो ।
किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ।

