पिज्जा हटका संस्थापक कार्नीको निधन


न्यूयोर्क(एजेन्सी)– अमेरिकाको कन्सास राज्यको बिचिटा शहरमा ‘पिज्जा हट’ शुरुवात गर्ने फ्रेंक कार्नीको बुधबार निमोनियाका कारण निधन भएको छ । उनी ८२ वर्षका थिए । कार्नीले आफ्नो भाईसँग मिलेर ‘पिज्जा हट’को शुरुवात गरेका थिए । उनले कारोबार शुरु गर्नका लागि आमाबाट ६ सय डलर ऋण लिएका थिए ।

केही समय अघि कोभिड–१९ को संक्रमित भएका कार्नी यो भाइरसबाट मुक्त भएका थिए । तर उनी लामो समयदेखि अल्जाइमरबाट पीडित थिए । विचिटा स्टेट युनिभर्सिटीमा पढ्दाताका १९ वर्षको उमेरमा कार्नीले आफ्ना दाई डेनका साथ मिलेर पिज्जाको कारोबार शुरु गरेका थिए ।

सन् १९७७ मा पेप्सीको कम्पनीले पिज्जा हटलाई ३० करोड डलरमा किनेको थियो । त्यसपछि उनले अन्य विभिन्न व्यवसायमा हात हाले । पिज्जा हटलाई अहिले ठूलो ब्राण्ड मानिन्छ ।

प्रतिक्रिया