काठमाडौंका १८ वर्षमाथिका सबैलाई भोलीदेखि कोरोनाविरुद्ध खोप, यी हुन् खोप केन्द्रहरु


काठमाडौं । काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाभित्रका १८ वर्ष माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप  लगाउने भएको छ ।

भोली अर्थात् असोज ११ गते सोमबारदेखि सुरु हुने तीनदिने अभियानमा जिल्लाका सबै १८ वर्षउमेरमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा लगाइने जनाएको छ ।

अनलाइनमार्फत् अनिवार्य रुपमा फर्म भर्नु पर्ने नियमसहित स्वास्थ्य कार्यालयले काठमाडौंका १२ वटै स्थानीय तहका साथै अन्य ७ वटा खोपकेन्द्रमार्फत खोप लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार जिल्लाका १२ वटै पालिका र महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, बीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाइने भएको छ ।

प्रतिक्रिया