राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण


काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

यसअघि सरकारले ल्याएको संशोधित बजेटलाई संसद्का दुवै सदनबाट पारित भएको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

प्रतिक्रिया