कांग्रेस महाधिवेशनमा रोचक मोडः गाउँपालिका उपप्रमुख जितिन्, वडा अधिवेशनमै हारिन्


काठमाडौं– १४ औं महाधिवेशनको प्रक्रियामा रहेको नेपाली कांग्रेसभित्र रोचक मोड देखा पर्न थालेका छन्। खासगरी सिन्धुपाल्चोक जिल्लामा यस्तो देखिएको छ।

मंगलबार भएको वडा अधिवेशनमा सुनकोशी गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेललाई कार्यकर्ताले हराएका छन्।

कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले पराजित गरिदिए। कार्यकर्ता र जनतासँग नजिक नभएका कारण उनीहरूलाई कार्यकर्ताले पराजित गर्न थालेका हुन्।

जबकि, स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा राम्रो मत दिएर जनप्रतिनिधि बनाइएको थियो। ‘जनप्रतिनिधिले पार्टीकै आन्तरिक चुनाव र त्यसमा पनि वडामा नै हार्नुले कस्तो काम गरेको भन्ने पनि परिक्षाफल देखायो नि!’, एक स्थानीय भन्छन्।

प्रतिक्रिया