यसकारण परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त गर्दैछन् प्रधानमन्त्री देउवा


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी शपथ खुवाउने भएका छन्। सरकार गठन भएको दुई महिनापछि एकमात्र मन्त्री थपिन लागेका हुन्।

सत्ता गठबन्धनको बैठकमा सहमति गरी एक जना मन्त्री थप्न लागिएको हो। खड्कालाई राष्ट्र संघीय महासभामा सहभागीता जनाउनका लागि परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागिएको बालुवाटार उच्च स्रोतले जानकारी दियो।

‘मन्त्रिपरिषद विस्तार नभइसकेको अवस्थामा उक्त मन्त्रालयमा गठबन्धनका अन्य दलको पनि दाबी थियो। तर महासभामा भाग लिनु अनिवार्य भएपछि डा. खड्कालाई नियुक्त गर्न लागिएको हो।’

प्रतिक्रिया