

विद्युतीय धरापमा परी १८ वर्षीया किशोरीको मृत्यु

बर्दिया – बाँकेमा खेतबारीमा बँदेल मार्नरधपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ ।
सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको मृत्यु भएको हो ।
सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको बेला बँदेल मार्नरथपाउन बिच्छ्याइएको विद्युतको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत आईतबार बर्दियामा पनि बँदेलका लागि बिच्छ्याइए विद्दुतीय धरापमा परि २२ बर्षीया युवतीको ज्यान गएको थियो ।

