एमाले निकट अनेरास्ववियुको लिडर फेरि पनि युवती, को–को छन् पदाधिकारी?


काठमाडौं– एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व फेरि पनि युवतीले गर्ने मौका पाएकी छन्। २२ चैतदेखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी अनेरास्ववियुको नेतृत्व पुनर्गठन भएको हो।

केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसहित ३२ सदस्यीय पदाधिकारी छानेको छ।

बरालअघि नविना लामा र रामकुमारी झाँक्रीले अनेरास्ववियुको नेतृत्व हाँकेका थिए। बैठकबाट अध्यक्ष ऐन महरसँगै उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सैलेस लामा पनि बिदा भएका छन्। बैठकले ४०६ सदस्यीय केन्द्रीय कमिटी, २१२ सदस्यीय सचिवालय र ९९९ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरेको छ।

यस्तो छ पदाधिकारी सूची

अध्यक्ष

सुनिता बराल

वरिष्ठ उपाध्यक्ष

आरसी लामिछाने

उपाध्यक्षहरू

झपिन्द्र खत्री

मोती विक

लोकेश निरौला

उमेश आचार्य

यम पाण्डे

चन्द्र थिङ

डिवि साउद

कल्पना वाइबा

निशा अधिकारी

वाङ्छु योन्जन

महासचिव

समिक बडाल

उपमहासचिवहरू

नारायण घर्ती

नरेश रोकाय

गोविन्द गिरी

सुदर्शन शिवाकोटी

भाष्कर खनाल

सचिवहरू

मर्यादा विष्ट

डम्बर अधिकारी

धर्म गिरी

कनिष पटेल

श्याम प्रजापति

जुन तामाङ

एलबी सिंह

रामशरण चौधरी

सुजन भट्टराई

खेम मरासिनी

सुर्य रोकाय

दिनेश भट्ट

टिकाजंग थापा

कोषाध्यक्ष

जेनिश लामा

प्रतिक्रिया