एकै दिन प्रतितोल १४ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ – नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

बिहीबार ९० हजार ५ सय रुपैयाँमा तोलामा कारोबार भएको छापावाल सुनको मुल्य आजको १४ सय रुपैयाँले रुपैँयाले घटेर ८९ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल महासंघले जनाएको छ ।

प्रतिक्रिया