

पूर्वजमदारविरुद्ध आफ्नै छोरी बलात्कारको उजुरी

काठमाडौं– नेपाली सेनाका एक जना पूर्वजमदार माथि छोरी बलात्कारको उजुरी परेको छ। १४ बर्षिया छोरी बलात्कारको उजुरीका आधमार जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरी म्याद थपेको छ।
बेलबारी नगरपालिका–११ का उनले २० माघ ०७७ मा त्यसरी छोरी बलात्कार गरेको उजुरी परेको थियो। उनीमाथि अनुसन्धान गरी जबरजस्ती करणीमा प्रहरीले मुद्दा चलाउने भएको हो।
पीडितको स्वास्थ्य परिक्षण गराइएको छ।

