यी हुन् एमाले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (सूचीसहित)


काठमाडौं – एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

शनिबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले करिब तीन हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो ।

एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ ।

यस्तो छ विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण:

– केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

– अनुशासन आयोगका पदाधिकारी र सदस्य

– लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

– निर्वाचन आयोगका पदाधिकारी र सदस्य

– केन्द्रीय विभागका सचिवलगायत १५ जना

– सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य

– ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

– जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य

– हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक–एक सदस्य

– प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना

– पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

– पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

– एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

– एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत

प्रतिक्रिया