एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीको वीरगञ्जमा प्रदर्शन


वीरगंज –  एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीले पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै शनिवार नाराबाजीसहित आईटी आर्मीले मोटरसाईकल र्याली निकालेको हो ।

आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन् । ‘देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी’ लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

आजै सम्पन्न आईटी आर्मीको वीरगंज महानगर भेलाले महम्मद रेहान ईब्राहिमको संयोजकत्व तथा मखन पटेलको सह(संयोजकत्वमा महानगर कमिटी गठन चयन गरिएको छ ।

 

प्रतिक्रिया