उपत्यकाका तीन सीडीओको बैठक भोलि बस्दै, खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्ने


काठमाडौं – खुकुलो निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनका सीडीओहरुको बैठक भोलि बस्ने भएका छन् ।

बैठकमा संक्रमण दर घटेको तर मृत्युदर स्थिर रहेको परिस्थितीमा बस्न लागेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले खुकुलो बनाईएका क्षेत्रबारे समीक्षा गर्ने बताईएको छ ।

बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रशासनले विद्यालय खुलाउन अनुमति दिएपनि स्थानीय निकायलाई विद्यालय खुलाउन भैरहेको कठिनाइबारे पनि छलफल हुने सीडीओ रिजालले जनाए ।

प्रतिक्रिया