किन फूल्छ कपाल ? यसरी गर्नुहाेस् हेरचाह


काठमाडाैं – शरीरमा विभिन्न किसिमका हर्मोनमा आएका परिवर्तनका कारणले कपाल फुल्ने समस्या देखा पर्न थाल्छ। तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ कपालको वास्तविक रङ्ग सेतो हुन्छ । उमेर बढ्दै गएपछि कपालको रंग कालोबाट बद्लिएर सेता हुन्छ । तर किन ?

हाम्रो कपाल (साफ्ट) पाइप र जरा गरेर दुई भाग हुन्छ । साफ्ट टाउकोको बाहिरी भागमा देखिने भाग हो । जरा चाहिँ टाउकोको भित्री भागमा हुन्छ । जसले कपाललाई अडाएर राख्दछ ।

कपालको रंग निर्धारण गर्ने मेलानिन रसायनका आधार हुन् । यही रसायनले कपालको रङ्ग सेतो नभएर विभिन्न खाले हुन्छ । यो रसायन जन्मेदेखि नै बन्न थाल्दछ । मानिस जति बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ र कपाल सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ ।

कपाल फुल्ने कारण :
१. कपाल फुल्नमा जीन महत्वपुर्ण हुन्छ । बाबु बाजेको जीन सन्ततिमा भेटाउन सकिन्छ ।
२. कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ ।
३. रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ ।
४. चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसको भन्दा चाँडै फुल्छ ।
५. प्रदूषणको असरका कारण पनि मानिसको कपाल चाडैं फुल्ने गर्दछ ।
६. क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने पनि कहिलेकाहीँ उमेर मै कपाल फुल्ने गर्छ ।

हेरचाह गर्ने तरिका ?
यस्तै टाउकोमा दुबी भएमा पनि त्यस स्थानमा कपाल फुल्ने सम्भावना हुन्छ । यी बाहेक कहिलेकाहीँ हार्मोनको परिर्वनका कारण यस्तो समस्या उत्पन्‍न हुन सक्छ। कपाल के कारणले फुलेको यसका लागि सर्वप्रथम उसको पारिवारिक इतिहास हेर्नुपर्छ। किनभने कपाल फुल्ने प्रमुख समस्या नै वंशाणुगत भएको हुँदा परिवारका अन्य सदस्यमा समस्या छ वा छैन यसको जानकारी लिनु जरुरी हुन्छ।

यसबाहेक अन्य जाचँका लागि उमेर अनुसार तौल र उचाइ कस्तो रहेको छ त्यस अनुसार पौष्टिक आहारका कारण उसको तौलमा कमी भएको हुन सक्छ। त्यसैगरी शरीरमा आइरनको मात्रा, भिटामीन, फोलीक एसिडको मात्रा, थाइराइड जाँच गरिन्छ। पौष्टिक आहारको कमीका कारण शरीरमा आइरन, जिङ्कको कमी समेत भएको हुन सक्छ।

वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन। तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ । पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । साथै खानामा सधैँ हरियो सागपातको प्रयोग गर्नुपर्छ। यसबाहेक क्याल्सियम प्यान्टोथिनेट अर्थात भिटामीन बी फाइभको सेवन गर्नु पर्छ। के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको निर्क्यौल गरी सो अनुसार उपचार गर्नुपर्छ।

प्रतिक्रिया