वडाध्यक्षको मिलेमतोमा मृत्युपछिको विमा रकम निकालियो (भिडिओसहित)


सुनसरी – बराहक्षेत्र नगरपालिका वडा नं. ८ मा स्वास्थ्यबिमा बापतको रकम हिनामिना भएको पाइएको छ ।

स्थानीय गोपाल कटुवालका साढे ५ वर्षीय छोराको मृत्युपछि पाउनुपर्ने स्वास्थ्य बिमाबापतको रकम वडाध्यक्ष र वडा सचिवले दोहोरो सिफारिस बनाई हिनामिना गरेको कटुवालले बताए ।

छोराको मृत्युपछिको मृत्युदर्ता र नाता प्रमाणितको कागजपत्र आफूसँगै रहेको बेला वडाध्यक्ष फणिन्द्र प्रसाद भट्टराई र वडासचिवले प्रतिलिपिको आधारमा दोहोरो सिफारिस बनाई नेपाल लाइफ इन्स्योरेन्सबाट १९ लाख ८७ हजार ५ सय रुपैयाँ निकालेको जनाएका छन ।

वडाध्यक्ष भट्टराईले भने आफू कार्यालयमा उपस्थित नभएको बेलामा वडासचिवले सिफारिस दिई पठाएको बताए । वडा कार्यालयले कार्यालयप्रतिका रुपमा राखिएको कागजपत्रबाट सिफारिस दिएकोले सम्बन्धविच्छेदको प्रक्रियामा रहेकी बुहारीले पैसा निकालेको भेटवालकी आमाले जनाएकी छिन् ।

श्रीमतीसँगको सम्बन्ध राम्रो नरहेको जानकारी गराउँदा–गराउँदै पनि वडाले सक्कल कागजातबिना उक्त सिफारिस गर्दा आर्थिक चलखेल गरेको पनि भेटवालले जनाए ।

आफू अन्यायमा परेको भन्दै भट्टराईले पटकपटक नगरप्रमुखसँग गुनासो गरे पनि कुनै पहल नगरेको पीडित कटुवालले बताए । कटुवालका अनुसार इलाका प्रहरी कार्यालयले पनि सहजसँग निवेदन नलिएको पनि कटुवालले गुनासो गरे ।

 

 

 

प्रतिक्रिया