


गृहमन्त्रीको सहयोगमा युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने व्यक्ती पक्राउ

काठमाडौं – नेपाली काँग्रेसका नेताहरूबाट सिफारिस गराएका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् ।
पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए । गुरुङले प्युठानबाट काँग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए ।
उक्त विषयमाथि विभिन्न टिकाटिप्पणी हुँदै समाचार बाहिरिएका थिए । सो समाचारलाई लिएर काँग्रेस प्युठानका उपसभापति लम्सालले आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेका छन् ।
‘कांग्रेसको आसन्न १४ र्औ महाधिवेशनमा मलाई बदनाम गराई पराजित गर्ने नियतका साथ गरिएको हुँदा यस्ता भ्रामक कुरा र समाचारको पछि नपर्न सबैमा अनुरोध गर्दछु’ उपसभापति लम्सालद्वारा विज्ञप्तिमा भनिएको छ ।
उक्त सम्बन्धमा पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने भएको छ ।
विज्ञप्ति सहित

