ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष फतिमा


काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले शीर्ष नेताहरुसँग भेटघाट शुरु गरेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी सुमारले सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् । संसद्मबाट एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने बहस चलिरहेका बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्। चारदिने भ्रमणमा आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ।

प्रतिक्रिया