ओलीदेखि सुरु भयो एमसीसी अधिकारीको राजनीतिक भेटयात्रा, सत्ता गठबन्धन भत्किने संशय


काठमाडौं– अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले राजनीतिक भेटयात्रा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि सुरु गरेका छन्।

सरकारलाई भईसकेको सम्झौता हस्ताक्षरमा कुनै पनि परिवर्तन गर्न नसकिने जवाफ पठाएको भोलीपल्ट विहीबार एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौं उत्रिएको थियो। तिव्र विरोधबीच काठमाडौं उत्रिएको उक्त टोलीले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा भेट गरेको छ।

सत्ताको अर्को प्रमुख गठबन्धन घटक नेकपा माओवादी केन्द्रले एमसीसीले दिएको जवाफ स्वीकार्य नभएकाले सदनबाट पास गर्न नसकिने बताएका बेला प्रमुख भेट नै ओलीदेखि सुरु गर्नुलाई सशंयका हिसाबमा हेरिएको छ। एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किन सक्ने पनि आँकलन गरिएको छ।

उक्त टोलीले कुनै पनि हालतमा एमसीसी पास गराउनका लागि राजनीतिक दबाब दिनेछ। ओलीपछि एमसीसीको अस्थायी कार्यालय होटेल याक एन्ड यतिमा निरिक्षण सकेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि सत्ता घटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग पनि भेट गरी एमसीसी पास गराउनका लागि उच्च अधिकारीले दबाब दिनेछन्।

??????????????????

??????????????????

??????????????????

प्रतिक्रिया